काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा निशुल्क शटल बस सेवा सञ्चालन गर्ने बताएका छन्। आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको उदघाटन समारोहमा बोल्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताए।
यात्रुहरूले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेका भन्दै विमानस्थलमा चार वटा शटल बस नि:शुल्क सञ्चालन गरिने जानकारी दिए। साथै मन्त्री आलेले मजदुरहरूका लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए।