शुक्रवार, आश्विन २३ गते २०८३

एमाले महाधिवेशनका लागी ४१ जिल्लामा प्रतिनिधि चयन

आइतवार , कार्तिक २८, २०७८

काठमाडौं। नेकपा एमालेले १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि चयन गरेको छ। आइतबार अपरान्हसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिए।

केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएको जानकारी दिए। 
मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्ने जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार