आइतवार, आश्विन २५ गते २०८३

जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

आइतवार , आषाढ २७, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन् ।

यो मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

पार्टी दर्ता हुँदा राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व नगराइएको, राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण हुँदा भएको सम्झौता बमोजिम केन्द्रीय कार्यसमितिमा जनशक्ति पार्टीको प्रतिनिधित्व नभएको, कार्यसमितिमा एक तिहाइ महिला समावेश नगराइएको, शहीद परिवार र जनजाति तथा दलितको प्रतिनिधित्व हुन नसकेको भनिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार