शनिवार, आश्विन २४ गते २०८३

माधव नेपालले भन्छन्, आँट नभएकाहरु ढोका बाहिर रोई कराई बसेका छन्

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु ढोका बाहीर रोई कराई गरेर बसीरहेको टीप्पणी गरेका छन्। उनले हिम्मत हुनेले संरचना बनाएर अगाडी बढेको भन्दै नयाँ पार्टी गठनमा आफुलाई सहयोग नगरेकाहरुलाई व्यंग्य गरेका छन्। 

उनले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताएका छन्। सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउन पनि विद्रोह अनिवार्य रहेको बताए।

कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका भए हुँदैनथियो भने लागिरहेको हुनसक्ने भन्दै  एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताए। 

उनले प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति हुन्छ कि टाटा बाइबाई गर्दै नयाँ संरचना बनाउने काममा अगाडि बढ्नुपर्ने अवस्था आउने बताए। उनले आफुले आँट गरेर विद्रोह गरेपनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गरे। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार