शुक्रवार, आश्विन २३ गते २०८३

बन्द गराउँदै हिँडेका विप्लव समूहका ६ जना काठमाडौंबाट पक्राउ

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं।  नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतले बताए।पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङ सहित ६ जना छन्।

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको बिरुद्ध मंगलबार सो समुहले नेपाल बन्द आयोजना गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार