शुक्रवार, आश्विन २३ गते २०८३

सर्वोच्चमा आज पनि १० इजलास, प्रधानन्यायाधीश जबराले आफ्नो लागि तोकेनन्

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। सर्वोच्चका अनुसार प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ।

 यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ। राजीनामा दिनुको साटो  विज्ञप्ति जारी गरी वार्ताको आह्वान गरेको भन्दै आन्दोलन थप सशक्त बनाउन लागिएको एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

त्यसका लागि छलफल गर्न दिउँसो १ बजे बार केन्द्रीय कार्यसमितिको बैठक बस्ने श्रेष्ठले बताए। प्रधानन्यायाधीश जबराको राजीनामाको मागबाट पछाडि फर्कने नसकिने भन्दै उनीहरुले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्।  

केही न्यायाधीशहरूले नियमित काममा फर्कने संकेत गरेपछि बारले आज पनि न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ। हिजो बारसँगको छलफल बहिस्कार गरेका न्यायाधीशहरु बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, मनोजकुमार शर्मा, कुमार रेग्मी र कुमार चुँडाल गोलाप्रथाबाट पेशी तोकिए इजलास फर्कन तयार भएका थिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार