शुक्रवार, आश्विन २३ गते २०८३

विप्लवको नेपाल बन्द: दाङमा सडक सफाई र ट्राफिक चिन्हको व्यवस्थापन

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धि नेत्र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको छ।

देशका बिभिन्न ठाउँमा बन्दको प्रभाव परेको छ। केहि ठाउँमा प्रहरीले बन्दकर्तालाई पक्राउ पनि गरेको छ। मुलुकका बिभिन्न ठाउँमा सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन्। बजार पनि बन्द गरिएका छन्।

तर दाङमा भने नेकपाले रचनात्मक काम गर्दै विरोध गरेको छ। बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको छ। सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन्।

बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए।

dang band2.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार