शुक्रवार, आश्विन २३ गते २०८३

न्यायालयको विवादलाई छिटो निकास दिन पाँचदलीय समन्वय समितिको निष्कर्ष 

मंगलवार , कार्तिक ३०, २०७८

काठमाडौं। पाँचदलीय गठबन्धन समन्वय समितिले न्यायालयको विवादलाई छिटो निकास दिनुपर्ने निष्कर्ष निकालेको छ। समितिको मंगलबार बसेको बैठकपछि जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विवादले छिटो निकास पाउनुपर्ने निष्कर्ष निकालेको जनाइएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भुमिकामा प्रश्न उठाई सर्वोच्च अदालतका न्यायाधीशका साथै नेपाल बार र सर्वोच्च बार एशोसिएसनले उनको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्। यस्तै बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

gathbandhan-press-note.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार