शुक्रवार, कार्तिक ७ गते २०८३

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

बुधवार , मंसिर १, २०७८

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन्। बुधबार प्रदेश सभाको बैठकमा भएको मतदानमा ५० मतसहित मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन्। 

९२ सदस्यीय प्रदेश सभामा बुधबार भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको मतपरिणम सभामुख प्रदीपकुमार भण्डारीले  सार्वजनिक गरे।

एमालेका सांसद बाहेक अन्य दलका सांसदले राईको पक्षमा मतदान गरेका थिए। प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका सभामुखसहित ४१ सांसद भएपनि १३ जना सांसद भने बैठकमा उपस्थित नै भएनन्। त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन्। 

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि गठबन्धनको तर्फबाट राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार