शुक्रवार, कार्तिक ७ गते २०८३

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

शुक्रवार , कार्तिक ७, २०८३

काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । 

चीनका सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा ३०० भन्दा बढी घर भत्किएका छन् ।

नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार भूकम्पका कारण कम्तीमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ ।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी २१ जनालाई सामान्य चोटपटक लागेको सञ्चार कार्यालयले जनाएको छ ।
भूकम्पबाट विस्थापित भएका नागरिकलाई आश्रय दिन प्रहरी र अग्नि नियन्त्रण विभागका उद्धार टोलीले अस्थायी पालहरू निर्माण गरिरहेका छन् ।

चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प यस क्षेत्रमा पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली हो ।
 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार