काठमाडौं। नेपाली कांग्रेस लम्कीचुहा नगर समितिमा संस्थापन पक्षको प्यानल विजयी भएको छ। संस्थापन पक्षिय नेता मोहन सिंह राठौर प्यालनबाट नगर सभापतिमा इन्द्रबहादुर कुवँर विजयी भएका छन्।
पार्टीको १४ औं महाधिबेशन अन्र्तगत गयराती सम्पन्न मतदानबाट उपाध्यक्षमा जनक खत्री र मन्नुदेवी चौधरी, सचिवमा मिनबहादुर बटाला र ललित देउवा लगायतका पदाधिकारी निर्बाचित भएका छन । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट कमलबहादुर शाहको प्यानलबाट भक्तबहादुर चलाउने सभापतिमा उठेका थिए।