शुक्रवार, आश्विन २३ गते २०८३

रुपन्देहीमा खाँण पक्षले गर्यो मतगणना स्थलमै आक्रमण, ५ जना घाइते

शनिवार , मंसिर ४, २०७८

काठमाडौं। रुपन्देहीमा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा मतगणना स्थलमै आक्रमण भएको छ। आक्रमणमा परी ५ जना घाइते भएका छन्।

प्रदेशसभा क्षेत्र नम्बर ३ (क) को मतगणना स्थल सिद्धार्थनगर नगरपालिकास्थित भैरहवामा शुक्रवार मध्यराति मुख छोपेर आएका केही युवाले आक्रमण गर्दा १ जना उम्मेदवारसहित ५ जना घाइते भएका हुन्।

मतगणनामा रामचन्द्र पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरू मतगणनास्थलमा प्रवेश गरेर आक्रमण गरेको बताइएको छ।

आक्रमण भएपछि मतगणना स्थगित भएको छ। घाइतेमध्ये क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। भने, अन्य ४ जनाको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ।

मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण पक्षका समर्थकले आक्रमण गरेको मतगणनास्थलमा रहेका कांग्रेस कार्यकर्ताले आरोप लगाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार