शुक्रवार, आश्विन २३ गते २०८३

पार्टी एकताबारे प्रचण्ड र विप्लवबीच भयो यस्तो सहमति

शनिवार , मंसिर ४, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टी एकता प्रस्तावमा विप्लव सकारात्मक देखिएका छन्। आज प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भएको भेटमा प्रचण्डले गरेको पार्टी एकता प्रस्तावमा सकारात्मक देखिएका हुन्। 

शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको थियो। भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयदेखि आगामी दिनमा सहकार्य गरेर जानेसम्मको छलफल भएको थियो। भेटमा उनिहरुबिच तत्काल पार्टी एकताभन्दा पनि तल्लो तहसम्मै सहकार्य गरेर जाने सहमति भएको जनाइएको छ।

विप्लव माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको पहलमा खुमलटार पुर्याइएको थियो। पछिल्लो समय माओवादीसँग विप्लवको पार्टी एकता गराउनको लागि प्रवक्ता महरा सक्रिय भएर लागेका छन्। विप्लवलाई माओवादीमा फर्काउन प्रचण्डले महासचिवको जिम्मेवारी दिनसमेत तयार रहेको बुझिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार