शुक्रवार, आश्विन २३ गते २०८३

प्रदेश २ सरकारमा नेकपा एस पनि सहभागी, २ मन्त्रीले लिए सपथ

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समावादी पार्टी पनि सहभागी भएको छ। आज एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादव मन्त्रीको शपथ लिएका छन्।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। आज मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाउनुभएको हो।

नेकपा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीको प्रदेशसभामा १३ सांसद छन्। यसअघि नै एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयास भएको थियो। तर मन्त्रालयको भागबण्डामा कुरा नमिल्दा यो पार्टी सरकारमा गएको थिएन।

जसपाले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार