शुक्रवार, आश्विन २३ गते २०८३

बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। बैतडीमा भएको जीप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो। आइतबार बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेको म१ज ३१० नम्बरको जिप दुर्घटनामा परेको थियो।

जिपमा ७ जना सवार थिए। पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार