शुक्रवार, आश्विन २३ गते २०८३

किन बस्दैछ एमालेको स्थायी कमिटी बैठक ?

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ। बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा  बस्ने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ। आजको बैठकले मनोनयनका लागि नाम प्रस्ताव गर्ने र अर्को बैठकले मनोनयन टुंग्याउने छ। 

एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था छ।  जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार