शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। राप्रपाको अध्यक्षमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने भएका छन्। आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन्। उनलाई यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणाका समेत समर्थन रहेको छ। 

युवा पुस्ताले नेतृत्व लिनुपर्ने भन्दै लिङ्देनलाई सघाउन राणाले उम्मेदवारी नदिने सहमति भएको जनाएको छ। राजेन्द्रले मंसिर ९ गते पत्रकार सम्मेलन गरेर प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन्। लिङ्देनको टिममा राणा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको जनाइएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार