शुक्रवार, आश्विन २३ गते २०८३

यी मेयर, जसले प्रधानमन्त्री देउवाको गृह जिल्लाको कांग्रेस सभापतिमा बाजी मारे

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न जिल्ला अधिवेशनबाट साउँद चुुडामणि ठकुुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । साउँदले ७३४ मत पाउँदा ठकुुराठीले ७६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिममा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् भने सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार