शुक्रवार, आश्विन २३ गते २०८३

सभापति देउवा र पत्नी आरजु सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन्। 

उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए।  

यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्। कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ ९ग० मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वत: एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार