शुक्रवार, आश्विन २३ गते २०८३

नेपाल बारले आज यी तीन दललाई ध्यानाकर्षण पत्र बुझाउदै

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। 

नेपाल बार र बार सर्वोच्चले आज सत्ता घटक नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन्। बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समावादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएको थियो।

जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया ९महाभियोग०बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि आन्दोलनरत कानुन व्यवसायी सोमबारदेखि राजनीतिक दलको दैलोमा पुगेका छन्। 

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कानुन व्यवसायीहरु ध्यानाकर्षणपत्र बुझाउने छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार