काठमाडौं। नेपाली काँग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन्। पार्टीको चौधौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका थिए। बान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए।
जम्मा एक हजार २२७ मतमा एक हजार १६७ मत सदर भएको ६० मत बदर भएको थियो। तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो मत ल्याउने बीच पुन: निर्वाचन हुने अवस्था थियो तर निर्वाचनमा नगएर सहमतिका आधारमा बान्तावालाई नै सभापति बनाइएको जनाइएको छ।