काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले एमाले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पूर्वमन्त्री समेत रहेका बस्नेतले पार्टीको दशौँ महाधिवेशनमा पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै बहुमत ल्याएर जित्ने दाबी समेत गरे।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफैं पनि आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने जिकिर गरे। उनले पार्टीमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गराउन पनि उनीहरूको प्रतिनिधित्व गर्दै आफूले सचिवमा उम्मेदवारी दिएको बताए।