काठमाडौं। नेपाली कांग्रेसको प्यूठान जिल्ला अधिवेशनको मतगणना स्थल तनावग्रस्त बनेपछि प्रहरीले दुई राउण्ड अश्रूग्याँस प्रहार गरेको छ।
मंगलबार साँझ जिल्ला सभापतिको मतगणना अन्तिम अवस्थामा पुगेका बेला ढुंगामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रूग्याँस प्रहार गर्नुपरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।
संस्थापन इतर पक्षका उम्मेदवार विष्णु गिरी १०६४ मध्ये ६५ मत गणना गर्न बाँकी छँदा ४६ मतले अगाडि रहेको अवस्थामा ढुंगामुढा भएको थियो। त्यसक्रममा भएको झडपमा दुई सर्वसाधारण र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एकरएक जना सुरक्षाकर्मी गरी ४ जना घाइते भएका छन्।
गिरी पक्षका नेताहरुले संस्थापन पक्षका प्रतिद्वन्दी शिव रिजाल पक्षकाले ढुंगामुढा गराएको आरोप लगाएका छन्। भुसालका अनुसार मत पेटिका सुरक्षित साथ राखिएको छ।