काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्चको आदेश नमान्ने बताएका छन् । उनले सर्वोच्चको फैसलापछि व्यवस्थापिका र कार्यपालिकाको अधिकार सेटिङवाला न्याय मुर्तिका हात पुुगेको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनले फेसबुकमा लेख्दै विरोध जनाउन भनेका छन् ।
उनले लेखेका छन्, ’व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण’ उनले लेखेका छन्,’अब देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको छ । यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ ।’
युवा संघले अदालतको फैसलाविरुद्ध तुरुन्तै माइतीघर मण्डलामा आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन आह्वान समेत गरेका छन् ।