शुक्रवार, आश्विन २३ गते २०८३

सुर्खेतबाट २ जना पूर्वमन्त्रीनै कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

बुधवार , मंसिर ८, २०७८

काठमाडौं। कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सुर्खेतमा २ जना पुर्वमन्त्री नै पराजित भएका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्रीद्धोय शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

तीन पटक मन्त्री भएका जोशीले ३१० मत मात्रै पाएका छन्। केन्द्रीय महाधिवेशनतर्फ खुला १० जना प्रतिनिधिमा प्रतिस्पर्धा गरेका उनी १३ औं नम्बरमा आए। त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत मात्रै पाए।

उनलाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन्। विजयी विश्वकर्माले ४७३ मत पाएको निर्वाचन समितिले जनाएको छ।
पूर्वमन्त्री जोशी र बस्याल दुवै संस्थापनइतर समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन्। सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्का समूह विजयी भएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार