शुक्रवार, आश्विन २३ गते २०८३

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आउने भएका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आउन लागेका हुन् । 

आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेलेजानकारी दिए ।

यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवनमा आउने क्रम सुरु भएको छ । 

एमालेको १० औं महाधिवेशनको उद्घाटन शुक्रबार साढे १२ बजे नारायणी किनारमा गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र सौराहामा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार