शुक्रवार, आश्विन २३ गते २०८३

तिमिल्सैना बने कांग्रेसको महाधिवेशन प्रतिनिधि

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेपाली कांग्रेस अछामका सह–सचिव वेदप्रकाश तिमिल्सैना कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन्। पार्टीका जिल्ला प्रवक्ता समेत रहेका तिमिल्सैना अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा लोकप्रिय मतसहित विजयी भएका हुन्। तिमिल्सैना पुष्प शाह प्यानल बाट बिजयी भएका हुन्।

उनले ३ सय ९६ मत ल्याए। २ दशक बढि समय सक्रिय पत्रकारितामा विताएका तिमिल्सैना अहिले भने पार्टीको राजनीतिमा क्रियाशिल छन्। तिमिल्सैनाले नेपाल पत्रकार महासंघ अछामको दुई कार्यकाल अध्यक्ष भएर पनि काम गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार