शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस ओखलढुंगाको सभापतिमा तेजेन्द्र खनाल विजयी

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन्। उनी संस्थापन समूहनिकट हुन्। कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन्।

जिल्ला अधिवेशनमा १३५३ मत खसेकोमा सभापतिमा विजयी खनालले ७०१ मत पाए भने सभापतिका अर्का प्रत्यासी बालकृण दाहालले ६१२ मत पाएको निर्वाचन समितिले जनाएको छ। दाहाल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए।

त्यस्तै उपसभापतिमा कमल तामाङ र नवरजा केसी विजयी भएका छन्। दाहाल समूहबाट उपसभापति उम्मेदवार बनेका तामाङले ७८२ मत पाए भने खनाल समूहका केसीले ६५५ मत पाएका हुन्। दुई सचिव पदमा खनाल समूहकै अजय लुईटेल र राजकुमार ढुंगाना विजयी भएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार