काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणाको सहयोगमा उनले अध्यक्ष पदका लागी उम्मेदवारीको घोषणा गरेका हुन्।
आज काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा लिङ्देनले उम्मेदवारीको घोषणा गरेका हुन्। लिङ्देनलाई अध्यक्षमा नेपालगञ्जका उपमहानगरपालिकाका मेयरसमेत रहेका नेता धमवशम्शेर को साथ रहने भएको छ। हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन्।
कमल थापाले अध्यक्षमा उम्मेदवार दिने निश्चित छ। यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याएका थिए। तर, लिङ्देनसँगको समझदारीमा उनी महामन्त्री लड्न तयार भएका छन्। राप्रपाको महाधिवेशन १५-१७ मंसिरमा हुँदैछ।