शुक्रवार, आश्विन २३ गते २०८३

विमलेन्द्र निधिद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। 

हाल काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङ सभापतिको आकांक्षी रहेका छन्। तर हालसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा कल्याण गुरुङले मात्र गरेका छन्।

सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेको घोषणापत्र बनाएका छन्। 
यस्तो छ निधिको घोषणापत्र (पुर्णपाठ) 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार