शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको काठमाडौं सभापतिमा बानियाँ र कार्की भिड्ने

बिहिवार , मंसिर ९, २०७८

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्की भिड्ने भएका छन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला अधिवेशनमा बानियाँ र कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो।

कार्कीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, सांसद भीमसेनदास प्रधान, काठमाडौं-४ का पूर्व क्षेत्रीय सभापति राजु श्रेष्ठलगायत उपस्थित थिए। पार्टी संस्थापननिकट उनलाई कांग्रेस नेता एवं पूर्व रक्षामन्त्री प्रधान समूहको समर्थन रहेको छ।

बानियाँ भने कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन्। उनलाई काठमाडौंकै अर्का नेता गगनकुमार थापाको समर्थन छ। प्रकाशमान-गगन समूहले बानियाँलाई काठमाडौं सभापतिमा दोहोर्‍याउने यसअघि नै निर्णय गरिसकेका छन्। बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा हुन् भने कार्की यसअघि काठमाडौं क्षेत्र नम्बर २ को सभापति थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार