काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतकाले फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् ।
सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रचण्डले सर्वोच्चले गरेको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको प्रतिक्रिया दिएका हुन् ।
उनले यसलाई नेपाल र नेपाली जनताको जित भएको भनेका छन् । संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको रक्षा आजको आवश्यकता भएको समेत बताए ।
प्रचण्डले भने, ’म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु । मेरोतर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु ।’
पटकपटकको संसद् विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको समेत बताए । नेपाली जनताको जीतको रुपमा अगाडि आएको प्रचण्डको भनाइ छ ।