शुक्रवार, आश्विन २३ गते २०८३

यी ४० जिल्लामा कांग्रेसको अधिवेशन आज

शुक्रवार , मंसिर १०, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज ४० भन्दा धेरै जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ। निर्वाचन समितिका अनुसार दुईवटा भन्दा बढि निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा अधिवेशन हुन लागेको हो।

कांग्रेसको विधान अनुसार पार्टीका जिल्ला कार्यसमितिलाई सभापति, दुई जना उपसभापति, दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ। जिल्ला कार्यसमितिका सवै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ। 

कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने प्रावधान छ। सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ। पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।

सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा फेरी मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन्। तर पहिलो पटक नै दुई जना मात्रै उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ। 

पार्टीको केन्द्रीय निर्वाचन समितिको अनुसार बर्दिया, बाँके, सप्तरी सिराहामा हिजो क्षेत्रीय अधिवेशन भएकोले केहि दिनपछि मात्रै अधिवेशन हुनेछ। साथै सिन्धुपाल्चोक, धनुषा,महोत्तरी, रसुवा, दार्चुला, धनकुटा र सर्लाहीमा आज जिल्ला अधिवेशन नहुने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार