शुक्रवार, आश्विन २३ गते २०८३

एमाले अध्यक्ष ओली डुंगा चढेर महाधिवेशन स्थल पुग्ने

शुक्रवार , मंसिर १०, २०७८

चितवन । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्।

अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

महाधिवेशन स्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार