काठमाडौं । नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्।
कुल १ हजार १८६ मतमा जोशीले ६०९ मत प्राप्त गरेका छन्। सभापतिका उम्मेदवार यामबहादुर मल्ल ९रामकृष्ण०ले ४४९ र मिलन सुवेदीले ९६ मत प्राप्त गरेका छन्।
समितिका उपसभापतिमा डा.चूडामणि शर्मा र शिवप्रसाद सुवेदी विजयी भएका छन्। सचिवमा अशोक उचै ठकुरी र गुप्तनिधि शर्मा‚ सहसचिवमा अच्युत तिवारी र तिलकप्रसाद भुसाल विजयी भएका छन्।