शुक्रवार, आश्विन २३ गते २०८३

केपी ओलीले गरे एमाले महाधिवेशनको उद्घाटन

शुक्रवार , मंसिर १०, २०७८

काठमाडौं। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनको ओलीले उद्घाटन गरेको हुन्। उद्घाटन सत्र सकिएपछि शनिबार बिहान ८:३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ। अध्यक्षमण्डल र माइन्युट कमिटी बनिसकेका छन्। बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

सोही दिन उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्तासमेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ। मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ। 

मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ। तीमध्ये ९० वटामा मतदान गरिनेछ भने १० वटा जगेडाका रूपमा राखिनेछ। मंसिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार