शुक्रवार, आश्विन २३ गते २०८३

महन्थ ठाकुरले एमाले महाधिवेशनमै भने, ओलीले सहमति पूरा गरेनन्

शुक्रवार , मंसिर १०, २०७८

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पूर्व-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुसंग गरेको सहमति पुरा नगरेको गुनासो गरेका छन्।

नेकपा एमालेको १०औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले ओलीले आफ्नो पार्टीप्रति सद्भाव राखेको भए पनि सहमति पूरा नगरेको गुनासो गरेका हुन्। उनले संविधान अझै पूर्ण रुपमा कार्यान्वयन भइनसकेको बताए। वर्तमान सरकारलाई पनि नागरिकता र जेलमा रहेकाहरूलाई छाड्ने मुद्दा फिर्ता लिनेबारे सहमति भए पनि पूरा नभएको गुनासो गरेका हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार