शुक्रवार, आश्विन २३ गते २०८३

एमाले महाधिवेशलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले यसो भने

शुक्रवार , मंसिर १०, २०७८

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने प्रस्ट पार्दै नेकपा एमालेलाई उक्त मान्यतामा प्रतिबद्ध हुन आह्वान गरेका छन्।

नेकपा एमालेको दसौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र कतिपय एमालेका नेताहरूसँगै हिजोका दिनमा आफूले जेल जीवन बिताएको स्मरण गर्दै उनले हिजो आफूहरूले भोगेका दु:खलाई ध्यानमा राखी भोलिका दिनमा त्यस्ता दु:ख कसैले भोग्नु नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको बताए।

देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार