काठमाडौं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो। तर उनले चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन्।