शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस स्याङ्जाको सभापतिमा कोइराला निकट थापा विजयी

शनिवार , मंसिर ११, २०७८

 काठमाडौं। नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन्।

शनिबार सार्वजनिक मत परिणाम अनुसार उनले अर्का उम्मेदवार भागवत प्रकाश मल्ललाई पराजित गरेका हुन्।

विजयी थापाले ११ सय १७ मत पाएका छन् भने मल्लले एक हजार ८५ मत पाएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ। थापा कांग्रेस नेता डा.शेखर कोइरालानिकट हुन् भने मल्ल स्याङ्जाकै नेता गोपालमान श्रेष्ठ निकट हुन्। थापा दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए भने मल्ल गण्डकी प्रदेश सभा सदस्य हुन्।

दुई उपसभापति पदका लागि भएको निर्वाचनमा केदार काफ्ले र शेरबहादुर थापा विजयी भएका छन्। काफ्लेले १३७० मत पाए भने थापाले ८९३ मत पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार