शुक्रवार, आश्विन २३ गते २०८३

नेम्वाङलाईराष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपति बनाउने प्रस्ताव

शनिवार , मंसिर ११, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने प्रस्ताव गरेका छन्। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास स्वरुप यस्तो प्रस्ताव गरेको बताइएको छ।

त्यस्तै ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन्। रावलले अध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेताहरु लागिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। 

औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्। केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधन गरेको पनि रावललाई चित्त बुझेको छैन। उनले केन्द्रीय कमिटीमा अचानक विधान संशोधनको प्रस्ताव आएको भन्दै यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार