शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस ललितपुर जिल्ला अधिवेशनको मतदानस्थलमै नाराबाजी

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिका लागि भइरहेको मतदान स्थलमा नाराबाजी गरिएको छ। जिल्ला सभापतिका लागी आज दोस्रोचरणमा मतदान भइरहेको छ। मतदान सुरू हुनुअघि मतदान स्थलमा नाराबाजी भएको हो।

सभापतिका उम्मेदवारहरू रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ। शनिबार मतदान भए पनि कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज मतदान गरिएको छ।

यसैबीच पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणालाई लक्षित गर्दै जिल्ला सभापति मदन अमात्य पक्षधरले दुर्व्यहार गरेका छन्। राणालाई दुर्व्यवहार गरेको विरोधमा उनीपक्षले पनि नाराबाजी गरेका थिए।

राणाले प्रचार सामग्री मतदान भइरहेको हलभित्र नलैजान आग्रह गर्दा उनीमाथि दुर्व्यवहार गरिएको हो। ललितपुरमा सभापति शेरबहादुर देउवा पक्षबाटै २ जना सभापतिका उम्मेदवार थिए। राणा र अमात्य पक्षबाट दुई उम्मेदवार थिए। राणाले श्रेष्ठलाई समर्थन गरेका छन् भने अमात्यले चित्रकारलाई समर्थन गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार