शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा खड्क पोखरेल निर्विरोध 

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। नेपाली कांग्रेस सुर्खेतको सभापतिमा संस्थापन पक्षका खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन्। जिल्ला सभापतिका लागी उनको एकल उम्मेदवारी परेको थियो।

सुर्खेतमा संस्थापन पक्षको नेतृत्व महामन्त्री पुर्णबहादुर खड्का र पौडेल पक्षको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन्। तर थानी पक्षका उम्मेदवार महाधिवेशन प्रतिनिधिमै हारेपछि संस्थापनबाट पोखरेलको एकल उम्मेदवारी परेको हो।

अन्य पदका लागि भने आज मतदान हुँदैछ। संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन्। सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ।

यस्तै थानी पक्षले सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी दिएको छ। पौडेल पक्षबाट उप-सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार