काठमाडौँ। पुर्वमाओवादी पक्षका एमाले नेताहरुले कम्तीमा तीन पदाधिकारीसहित केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति हुनुपर्ने माग राखेका छन्। पूर्व माओवादी पक्षले रामबहादुर थापा बादललाई वरिष्ठ उपाध्यक्ष/उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने माग गरेका छन्।
यस्तै प्रभु साह र मणी थापाले पनि पदाधिकारीमा आफ्नो दाबी पेश गरेका छन्। आफ्ना मागबारे टोपबहादुर रायमाझी र लेखराज भट्टले केपी शर्मा ओलीसंग छलफल गर्दै छन्।