काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गरिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार यादवको राजीनामा स्वीकृत गरी नयाँ संयोजक तोकेका छन्।
सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको छ। डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिएका थिए। डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ। मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएको छ।
मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु गरेको मल्ल समूहले केही दिनअघि यादवमाथि भौतिक आक्रमणको धम्की दिएको थियो। मल्ल समूहको धम्कीपछि यादवले संयोजकबाट राजीनामा बुझाएर पार्टी कार्यालय जान छोडेका थिए।
उनि काममा फर्कन नमानेपछि देउवालई उनको राजीनामा स्वीकृत गरी नयाँ संयोजक तोकेका हुन्। अब घिमिरे नेतृत्वको समितिमा सीताराम केसी, एकराज पोखरेल, तेजबहादुर रावल सदस्य गरेका छन्। समितिको सदस्य सचिवमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले रहेका छन्।