शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको दैलेख सभापति बने मणिराम रेग्मी

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। नेपाली काँंग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रेग्मीले पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता तथा दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीलाई ३७ मतले पराजित गरी सभापतिमा बिजयी बनेका हुन्।

रेग्मीले ७९१ र भण्डारीले ७५४ मत प्राप्त गरे। दैलेख यसअघिदेखिनै पौडेल समुहको पकड क्षेत्र मानिन्छ। यस्तै जिल्ला उपसभापतिमा नवराज शाही र रीताकुमारी शाही, सचिवमा खेमराज वली र नारायणप्रसाद रेग्मी र उपसचिवमा कनकबहादुर सेन ठकुरी र महेन्द्रबहादुर शाही विजयी भएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार