काठमाडौं। नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। आइतबार भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मतसहित बिजयी भएका हुन्। श्रेष्ठले प्रतिद्वन्दी रामकृष्ण चित्रकारलाई जम्मा १२ मतले पराजित गरेका हुन्। चित्रकारले ६५३ मत पाएका थिए।
जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो। तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो।