शुक्रवार, आश्विन २३ गते २०८३

नवनिर्वाचित सभापतिले गरे पार्टीको भवन बनाउन १ करोड रुपैयाँ सहयोग दिने घोषणा

सोमवार , मंसिर १३, २०७८

काठमाडौं । नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले पार्टी भवन बनाउन १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

शपथग्रहणपछि सभापति खड्काले आफ्ना स्वर्गीय बाबु धनबहादुर खड्का र आमा मनमाया खड्काको नाममा पार्टी कार्यालय बनाउन १ करोड दिने घोषणा गरेका हुन्। पार्टी कार्यालय निर्माणकै लागि सांसद एवं केन्द्रीय सदस्य सुजाता परियारले ५ लाख रुपैयाँ दिने घोषणा गरेकी छन्।

कार्यक्रममा इलाम पाटीै कार्यालय निर्माणकै लागि वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले २ लाख दिने घोषणा गरेका छन्। पार्टी सभापतिको शपथ लिएकै दिन खड्काको पहलमा पार्टी कार्यालय भवन बनाउन सहयोग रकम संकलन हुन लागेको हो। सभापति खड्काले भवन निर्माणको कार्य सोमबारबाटै सुरू गर्ने घोषणा गरेका छन्। 

समाजसेवा गरेर इलामेली जनताको मनमा बस्न सफल भएका खड्का अब राजनीतिमा पनि सबैको मनमा बस्ने अभियानमा अघि बढेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार