शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस काठमाडौं सभापतिमा सबुज बानियाँ विजयी

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन्।

अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका छन्। बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन्।

बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए। यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो। उनीहरु प्यानलसहित प्रतिस्पर्धामा होमिएका थिए। निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ।

कांग्रेसको काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन्। केसीले १९२२ र नकर्मीले १८२९ मत पाएका छन्।

सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा।डा। अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार