शुक्रवार, आश्विन २३ गते २०८३

भीम रावलले दर्ता गरे अध्यक्ष पदमा उम्मेदवारी

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेकपा एमालेको अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन्।

उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए। ‘पार्टीमा अहिले कुनै समूह छैन’, उम्मेदवारी दर्तापछि उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ। मैले पनि आफ्नो अधिकार प्रयोग गरें।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार